काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले कुनै पनि हालतमा धोका नदिने बताएका छन्।
नेता विश्वकर्माले आइतबार काठमाडौंमा भएको साक्षात्कारमा संविधान र व्यवस्था बचाउन गठबन्धनले काम गर्ने बताए। फागुन २५ गते कांग्रेसले राष्ट्रपति पाएपछि ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व गर्नसक्ने पनि चर्चा भएको छ भन्ने प्रश्नमा विश्वकर्माले भने, ‘विगतमा अप्रत्यासित कुरा भएका हुन्। प्रधानमन्त्री प्रचण्डज्यूको अभिव्यक्तिमा राष्ट्रिय सहमति हुन्छ भन्ने कुरा नै मैले बुझेको छु, उहाँको चाहना भनेको संविधान र व्यवस्था बचाउने हो, त्यो गठबन्धनको पनि चाहना हो । अहिले यही आधारमा अघि बढ्छौं । कांग्रेसले प्रचण्डलाई धोका दिने ठाउँ कही पनि छैन।
प्रतिक्रिया लेख्नुहोस्:-