काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकिदिएका छन् । परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन आइतबार स्वीट्जरल्याण्ड जाने कार्यक्रम तय भएको थियो ।
आइतबार दिउँसो ३ बजेपछि मन्त्री पौडेल त्रिभुवन विमानस्थलमा जान लाग्दा प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिवले फोन गरेर नजान भनेपछि उनी रोकिएकी थिइन् । ‘जान तयारी गरेकी थिएँ, मुख्यसचिवले प्रधानमन्त्रीको खबर भन्दै नजान भनेपछि गइनँ’,पौडेलले भनिन्, ‘प्रधानमन्त्रीज्यूले अहिलेलाई मन्त्री नजानु अरुमात्र जानु भन्ने खबर आएछ ।’
आफ्नो भ्रमण रोकिएको बारे प्रधानमन्त्रीसँग कुरा गर्न खोजे पनि गोरखामा भएकाले सम्भव नभएको उनले बताइन् । नयाँ सत्ता समीकरण बनेसँगै उनले भ्रमण रोकिदिएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-