काठमाडौं । एक नावालिग गायिकालाई जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको छ ।
आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।
बुधबार शाहविरुद्ध नाबालिग गायिकाका बाबुले आफ्नी छोरीमाथि पलले विभिन्न धाकधम्की देखाइ बलात्कार गरेको भनी किटानी उजुरी दिएका थिए ।। त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-