काठमाडौं । निकै लामो रस्साकस्सीपछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक किनै लामो समयपछि केही बेरअघि मात्र अघि सुरु भएको हो ।
नेकपा एमालेको अबरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले बैठकमा एससीसीमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि यसमा सैद्धान्तिक छलफल सुरु भएको छ ।
छलफलमा भाग लिन सभामुख अग्निप्रसाद सापकोटाले सांसद्हरूलाई पाँच–पाँच मिनेटको समय छुट्याएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-