काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ । सोमबार न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले उनलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेशलाई समेत सदर गरेको छ ।
उनलाई नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो ।
त्यसविरुद्ध सरकारी वकिलको कार्यालय, सर्वोच्च अदालत गएको थियो भने लामिछानेले क्रिकेट खेल्न विदेश जाने अनमुति माग गर्दै निवेदन दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-