काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीलाई संसदबाट अनुमोदन गराउन नेकपा एमालेले पनि सहयोग गरेको दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरेर उनले राजनीतिक कारणले सो सम्झौता संसदबाट अनुमोदन गराउन अनौपचारिक रुपमा सहयोग गरेको बताएका हुन् ।
उनले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखेर संसदबाट पारित गराउन अनौपचारिक ढंगले भएपनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवादसमेत दिए । सो परियोजना संसदबाट अनुमोदन गराउन परिपक्व, सुझ्बुझ्पूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेपाली जनताले आफ्नो पार्टीको प्रशंशा गरेको प्रवक्ता महतको भनाइ थियो ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-