काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नरहेको बताएकी छिन् ।
उनले मंगलवार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली सेनाको डेटाहरु टर्की पुग्ने गरेको जानकारी आफूले पाएको बताइन् ।
‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ,’ उनले भनिन्, ‘त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने रु रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-