काठमाडौं । नेपालको प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएको केही दिनमै (मंगलबार) साँझ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् । रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता, भौगोलिक अखण्डताबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री एन्टोनीले ट्वीटरमा उल्लेख गरेका छन् ।
ब्लिनकनले भनेका छन्, ‘रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं ।’
नेपालका प्रधानमन्त्री देउवाको सचिवालयले भने यसबारे कुनै औपचारिक टिप्पणी गरेको छैन । नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा मतदान गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-