काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निर्वमान प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रपतिका लागि पौडेल सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आठ राजनीतिक दलका संघीय सांसदहरूलाई अभिमुखीकरण गर्न कांग्रेसले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रपतिका उम्मेदवार पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन संघर्षमै बिताएको बताए ।
‘रामचन्द्रजी हाम्रो पार्टीको सिनियर साथी हो । तर‚ प्रजातन्त्रको स्थायित्वका लागि उहाँले ठूलो संघर्ष गर्नुभएको छ । त्यही कारण उहाँले जीन्दगीमा धेरै ठूलो दुःखहरू पनि पाउनुभएको छ,’ देउवाले अघि भने, ‘तपाईंहरूलाई शेरबहादुरले रामचन्द्रलाई कहिल्यै केही दिएन भन्ने परेको होला । तर हामी धेरै पूरानो साथी हो, मलाई पनि उहाँको बारेमा सोच्दा खटपट भइरहन्थ्यो । त्यसकारण अहिले उहाँलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छौँ, वास्तवमा यो अत्यन्तै महत्त्वपूर्ण घडीमा महत्त्वपूर्ण पदमा उहाँलाई अघि सारेका छौँ ।’
सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो जोखिम नहुने दाबी गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-