काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावको चिन्ताभन्दा पनि आफ्नो काममा केन्द्रित हुन जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्माले शनिबार नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘लोकतन्त्रमा चुनाव हुन्छ । कांग्रेसले ८४ को गीत गाउन आवश्यक छैन, चुनावको चिन्ता नलिई काममा केन्द्रित अहिलेको आवश्यकता हो’, उनले भने । उनले राणाशासनको अन्त्य गर्दै मुलुकलाई यहाँसम्म ल्याउन नेपाली कांग्रेसको प्रमुख योगदान भएकाले सबै पक्षलाई समेटेर समाजमा देखिएको निराशा चिर्दै अगाडि बढ्नु कांग्रेसको प्रमुख दायित्व भएको बताए ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-