काठमाडौं । कोरोनाको तेस्रो लहर दिनप्रतिदिन घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४४८ पीसीआर तथा २ हजार ४७६ एन्टिजेन परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको हो । यसै अवधिमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।
बिहीबार ३२० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ७ हजार ५१७ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-