Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ

फाल्गुन १९, २०७९ ३:०७ मा प्रकाशित
ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ
Share on FacebookShare on Twitter

बन्धु पोखरेल

 

आईआरए( IRA) Individual Retirement Account हरेक व्यक्तिको चाहना हुन्छ । उसको निबृत्त जीवन सहजताकासाथ बितोस, सरल रुपमा बितोस । खानपिन, औषधि उपचार, घुमफिर, तिर्थब्रत गर्न रकमको अभाव नहोस । त्यसको लागि कमाउने उमेर मै रकम बचत गर्ने, बुढेसकालको लागि भनेर संचय गरेर राख्ने चलन हुन्छ ।

पूर्बीय समाजमा प्रायः छोरा छोरी नाति नातिनाबाट आफ्ना अग्रजहरुको हेर विचार हुन्छ भन्ने मान्यता राखिन्छ । त्यसैले सन्ततिहरुकालागि पूँजी संचय गरेर राखिदिने गरिन्छ । पश्चिमी समाजमा पनि सन्ततिहरुबाट हेर बिचार हुँदै हुँदैन भन्ने त होइन तर छोरा छोरी हुर्के पछि छुट्टै बस्ने र आ-आफ्नो परिवारको ब्यबस्थापनमा लाग्ने हुँदा न त छोरा छोरीले बाबु आमाको पुँजीमा लोभ गर्छन न त बाबु आमाले नै बुढेसकालमा छोरा छोरीले स्याहार सुसार गर्लान भनेर अपेक्षा नै राख्छन । त्यसैले पश्चिमी समाजमा आफ्नो बुढेसकालको जोहो आफै गर्नु पर्छ भन्ने मान्यता राखिन्छ ।

निबृत्त जीवनकोलागि आधार के के हुन सक्छन त?

-पेन्सन

-संचय कोष जस्तो योजना ( अमेरिकामा ४०१के, ४०३ बि आदि)

-Annuities ( अबकाश योजना )

-आईआरए (IRA)

-बैंक ब्यालेन्स

अमेरिकामा सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, ठुला ठुला कम्पनीहरुमा काम गर्ने हरुका लागि संबन्धित निकायले पेन्सन, ४०१ के, ४०३ बि जस्ता निबृत्त जीवनको लागि योजनाहरु उपलब्ध गराएका हुन्छन । यस बाहेक त्यस्तो कुनै सुबिधा प्राप्त गर्नेमा नपर्नेहरु जस्तो आफ्नै ब्यबसाय भएका, टेक्सी उबर लिफ्ट जस्ता Ride Share संग सम्बन्धित काम गर्नेहरुका लागि अमेरिकी सरकारले ट्याक्स फाइदा सहित IRA को ब्यबस्था गरेको छ । ब्यबसायीहरुले आफ्ना कामदारकालागि Simple IRA, SEP IRA को ब्यबस्था गर्न सक्छन । Simple IRAमा कामदारले पनि रकम योगदान गर्नु पर्ने हुन्छ भने SEP मा ब्यवसायीले मात्र योगदान गर्ने ब्यबस्था हुन्छ । व्यक्तिगत रुपमा गरिने IRA अन्य अबकाश योजना नभएका हर कसैले गर्न पाउँछन भने ४०१के ४०३ बि जस्ता योजना भएका हरुले आम्दानीको आधारमा नपाउने, आंशिक या पूर्ण योगदान गर्न पाउने ब्यबस्था गरिएको छ ।

IRAमा कस्तो, कति र कहिले रकम राख्न पाइन्छ ?

IRA मा राख्नको लागि Earned Income चाहिन्छ । काम गरेर तलवको रुपमा पाएको रकम वा ब्यवसाय गरेर कमाएको रकम राख्न पाइन्छ । ब्याजबाट कमाएको रकम जस्ता रकमहरु राख्न पाइँदैन । हाल बार्षिक रुपमा एक जनाले ६०००/-डलर सम्म राख्न पाउने ब्यबस्था छ । ५० बर्ष पुगेकाले भने Catch up Contribution को रुपमा थप १०००/- डलर समेत गरि ७०००/- राख्न पाउँछन । यसरी राख्न पाउने रकम केहि बर्षको अन्तरालमा बढाउँदै लगेको पाइन्छ । हरेक बर्षको January 1 देखि त्यो बर्षको Tax फाइल नगर्दै अर्को बर्षको April 15 सम्म राख्न सकिन्छ । अहिले हामी २०२२ को ट्यास फाइल गर्दैछौं । हामीले वअहिले IRA लिएर पनि २०२२ को Tax Benifit लिन सकिन्छ ।

के फाइदा छ त IRAलिएर ?

माथि भनिए जस्तै आइआरएको मुख्य फाइदा Tax Benifit हो । Traditional IRA मा pretax money राख्न पाइने भएकोले यसमा रकम राखेर तत्काल आम्दानी घटि देखाउन सकिन्छ । उदाहरणको लागि कमाई ४५ हजार छ भने ६ हजार Traditional IRA मा राखेर ३९ हजार मात्र रकम आम्दानी देखाउन सकिने भयो । श्रीमान श्रीमती को संयुक्त फाइल गर्दै गर्दा दुबै जनाको IRA छ भने ३३ हजार मात्र देखिने भयो ।

कहिले काहिं Tax Bracket नै बढ्ने अबस्थामा IRA लिएर Bracket घटाई Tax Amount मा ठूलो रकम बचत गर्न सकिन्छ । उदाहरणको लागि 2022 को ट्याक्स फाइल गर्दा ८३५५१/- देखि १७८१५०/- सम्म को आम्दानीमा श्रीमान र श्रीमतीको संयुक्त फाइलिंग गर्दै गर्दा Tax Bracket 22% हन्छ । मानि लिउँ दुई जनाको आम्दानी ९००००/- छ । दुबै जनाको Traditional IRA गरियो र प्रत्येकले ६०००/- राखियो भने आम्दानी रकम ७८०००/- मात्र देखिने भयो । यो रकम ८३५५१/- भन्दा कम भएकोले Tax Bracket 12% मा झर्ने भयो । अर्को तर्फ आम्दानी घटेपछि Health Insurance गर्दा बढी Tax Credit पाइने भयो । Tax Credit बढी पाउनासाथ आफूले तिर्ने रकम घट्ने भयो ।

Traditional IRA मा राखेको र त्यो रकम लगानी भई कमाएको रकममा रकम निकाल्ने समयममा ट्याक्स तिर्नु पर्ने हुन्छ । अबकाश लिइ सकेपछि आम्दानी घट्ने हुनाले त्यो समयमा कम ट्याक्स तिरे पुग्छ भन्ने ठानिन्छ । Roth IRA मा भने After Tax money राखिने भएकोले तत्काल Tax फाइदा देखिंदैन । तर निकाल्ने समयमा राखिएको रकममा मात्र होइन त्यसले कमाएको रकममा पनि Tax तिर्नु पर्दैन । IRA मा राखेको रकम कस्तो रुपमा लगानी गर्ने भन्ने छनोट लिने समय मै गर्नु पर्दछ ।

IRAमा भएको रकम कहिले निकाल्न सकिन्छ ?

IRA एउटा Retirement Account भएकोले साधारण त यो रकम निकाल्न अरु Retitment Account मा जस्तै आफू साढे उनन्साठी बर्षको हुँदा सम्म पर्खिनु पर्दछ । त्यो भन्दा पहिले आवश्यक भएमा रकम निकाल्न त सकिन्छ तर त्यसमा खास केहि प्रावधानहरु छन । Roth IRA गरेको छ भने आफूले गरेको contribution को रकम कुनै पनि समयमा बिना कुनै पेनाल्टी निकाल्न सकिन्छ तर सो रकमको लगानीबाट प्राप्त प्रतिफलमा भने १०% पेनाल्टि ट्याक्स तिर्नु पर्ने हुन्छ साढे उनन्साठी बर्ष नपुग्दै निकाल्यो भने । Traditional IRA को contribution गरेको रकम र थप प्राप्त प्रतिफल रकम साडे उनन्साठी बर्ष नपुग्दै निकाल्नु पर्यो भने त्यो रकम निकाल्ने बर्षमा आम्दानीमा गणना भई सो को ट्याक्स र थप १०% पेनाल्टि ट्याक्स तिर्नु पर्ने हुन्छ । IRA अमेरिकी सरकारले आफ्ना करदाताहरुको अबकाश पछिको जीवन सहज होस भनेर दिएको विशेष सुविधा हो जुन यथेष्ट जानकारीको अभावमा वा त्यसतिर वास्ता नगरेर हामीले प्रयोग गर्न सकिरहेका छैनौं । ट्याक्स फाइलको लागि सहयोग गर्नु हुने महानुभावहरुले पनि तपाइंले IRA गर्नु भयो भने यसरी फाइदा लिन सक्नु हुन्छ भनेर भन्दिनु भयो भने धेरै जनाले यसबाट फाइदा लिन सक्ने वाताबरण बन्न सक्थ्यो ।

हामीले ट्याक्स फाइल आफै गर्ने गरेका छौं भने एक पटक आफूले लिन सक्ने IRA को रकम ट्याक्स फाइलिंग प्रणालीमा राखेर हेरौं के कति फाइदा हुन्छ । यदि अरुको सहयोगमा ट्याक्स फाइल गर्ने हो भने फाइल गर्न सहयोग गर्ने व्यक्तिसंग सोधौं कि हामीले IRA लियौं भने के कति फाइदा हुन सक्छ । सोचौं सरकारले हाम्रो लागि दिएको सुबिधा हामीले प्रयोग किन नगर्ने ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवाको सरकारी वकिललाई आग्रह : निष्पक्ष भएर काम गर्नुस्
Breaking News

शिक्षकका समस्या समाधान हुनेगरी मात्रै विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली
Breaking News

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम कांग्रेसले गर्नुपर्ने महामन्त्री थापाको धारणा
Breaking News

अतुलनीय योगदान दिएका व्यक्तिबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने महामन्त्री थापाको धारणा

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
Breaking News

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

‘मोती जयन्ती तथा बालप्रतिभा’ कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘मोती जयन्ती तथा बालप्रतिभा’ कार्यक्रम सम्पन्न

‘क्रियटिभ नेपाल’को अध्यक्षमा कमल श्रेष्ठ निर्विरोध निर्वाचित
अमेरिका समाचार

‘क्रियटिभ नेपाल’को अध्यक्षमा कमल श्रेष्ठ निर्विरोध निर्वाचित

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result