काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द्र पौडेलले आफूलाई मत दिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेका छन् ।
उनी शुक्रबार कांग्रेसका प्रवक्तासमेत रहेका डा. प्रकाशशरण महतसहितका नेताहरुलाई साथमा लिएर पौडेल रास्वपा कार्यालय पुगेर यस्तो आग्रह गरेका हुन्।
शुक्रबार दिउँसो आठ दलका बागमती प्रदेशस्थित सांसदहरुलाई अभिमुखीकरणपछि पौडेलले भोट माग्ने क्रम तीव्र पारेका हुन्। पौडेलसँग महत, प्रमुख सचेतक रमेश लेखकसहितका नेता बसुन्धरा पुगेका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-