काठमाडौं । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले हिजो (बिहीबार) मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
निगमले जारी गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ मूल्य निगमले तोकेको छ।
निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरेको छ। निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन। निगमले एलपिजी ग्यास प्रतिसिलिन्डर मूल्य १ हजार ५७५ रुपैयाँ यथावत् राखेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-