काठमाडौं । चार वर्ष कार्यकाल भएका राष्ट्रिय सभाका २० सांसद आज (शुक्रबार)बाट बिदा भएका छन्।
१९ जना निर्वाचित तथा १ जना सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेकाहरुको कार्यकाल आजबाट सकिएको हो ।
गोलाप्रथाबाट ४ वर्षे कार्यकाल अवधि भएकाहरुमा नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका र नेकपा एकीकृत समाजवादीका ४–४, नेपाली कांग्रेसका ३ र मनोनीत १ सांसद छन्।
पदावधि सकिएका एमाले सांसदमा अगमप्रसाद बान्तावा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल छन्। यसैगरी माओवादी केन्द्रका खिमबहादुर विक, जीवन बुढा, दिनानाथ शर्मा, शशिकला दाहाल र रामनारायण बिडारीको पनि पदावधि समाप्त भएको।
प्रतिक्रिया लेख्नुहोस्:-