काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा केन्द्रबाटै तालमेल गरेर उम्मेदवार चयन गर्नुभन्दा उम्मेदवार तय गर्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताएका छन्।
महामन्त्री थापाले नेपाली कांग्रेस मादी गाँउपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री थापाले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने बताएका हुन्।
उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने विषय पनि स्थानीय कमिटीकै भएको उल्लेख गर्दै कांग्रेसले केन्द्रबाट तालमेलको निर्णय नगर्ने बताए। उनले उम्मेदवार को बन्ने भन्ने विषयमा चिन्ता नगरी कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।
प्रतिक्रिया लेख्नुहोस्:-