काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले संसदबाट अनुमोदन चए पनि एमसीसीलाई कुनै पनि हालतमा कार्यान्वयन गर्ने नदिन दावी गरेका छन् । आज विभिन्न आठ वटा राजनीतिक दलहरूले काठमाडौंको खुल्लामञ्चमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
संसदबाट पारित गरिएको एमसीसी राष्ट्रघाती भएको उल्लेख विदेशीका दलालहरुले गरेको कामलाई आफूहरुले नमान्नेसमेत उद्घोष गरे । उनले हरेक कोणबाट राष्ट्रघाती भएकाले कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिए।
उनले त्यसका लागि एकतावद्ध भएर अघि बढ्न पनि सबै देशभक्त, क्रान्तिकारीहरूलाई आह्वान गरे। एमसिसी पारित गरेसँगै संसदको औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अव देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-