काठमाडौं । रेष्टुरेन्टको छतबाट खसेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ ।
शंखमुलमा रहेको एक रेष्टुरेन्टको छतबाट खसेर गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।
रेष्टुरेन्टको छतबाट खसेर गम्भीर घाइते भएका उपाध्यायलाई सुरुमा मिनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट माइतीघरस्थित अन्नपूर्ण अस्पताल ल्याइएका उपाध्यायको उपचारका क्रममा निधन भएको नयाँ बानेश्वर वृत्तका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।
उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-