काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले राम्रो काम गर्न खोज्दा सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवी परिषद केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने। ‘ दूर्भाग्यको कुुरा देशका लागि के हो भने एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ, ‘यथार्थता त यही हो नि । किनभने सामाजिक परिवर्तन र रुपान्तरणका विरोधी शक्तिहरु, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरु सत्ता कब्जा गर्न सफल छन ।’
अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरुले विगुल फुक्नुपर्ने जरुरी रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-