काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र बिलाएर जाने दाबी गरेका छन्।
झापाको सालबारीस्थित झापा विद्रोहका पाँच योद्धाको सालिकमा माल्यार्पणपछि बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले माओवादी पार्टी आफैं सकिने टिप्पणी गरेका हुन्। आफ्ना तिनै ५ सहयोद्धाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओली शनिबार सुखानी पुगेका हुन्।
उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेपछि बिर्तामोडको सभामा ओलीले माओवादी पार्टी सकिने एउटा झलक आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा देखिने दाबी गरे।
‘भोट हाल, भोट नहाल। खाल्डोमा सुत या भुइँमा सुत। पक्की घरमा सुत, कच्ची घरमा सुत। छाप्रो बनाएर सुत, कुटीमा बस’, ओलीले भने, ‘तर, माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-