काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले रेलिङ नभएका छत र सडकमा होली नखेल्न आग्रह गरेको छ।
प्रहरीले जारी गरेको अनुरोध पत्रमा कुनै सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तरिकाले होली खेल्न प्रहरीको आग्रह छ। होली पर्वका नाममा उछृङ्खल क्रियाकलाप नर्न पनि प्रहरीको अनुरोध छ। अपरिचित मानिसहरूको समूहमा पनि होली नखेल्न अनुरोध गरेको छ।
ुकसैको इच्छाविपरीत रङ, लोला, मोसो, केमिकल, फोहोर पानी र छाला आँखामा असर हुनेगरी रङ नलगाउनुहोला,ु प्रहरीले भनेको छ, ुट्राफिक नियमको पूर्ण पालना गरौँ। मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ। भिडभाड हुने स्थानमा पाकेटमारी लुटपाट हुने सम्भावना बढी हुँदा सावधान रहनुहोला।ु
प्रतिक्रिया लेख्नुहोस्:-