काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपालाई राष्ट्रपति निर्वाचनमा आफूलाई मत दिन आग्रह गरेका छन् । पौडेलले सोमवार राप्रपा कार्यालयमै गएर यस्तो आग्रह गरेका हुन् ।
आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसँगै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन् ।
राष्ट्रपति उम्मेदवार पौडेलले राप्रपा पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङदेनसँगै अन्य नेता तथा सांसदहरुसँग अहिले भेट गरिरहेका छन् । पौडेलले आजै बिहान नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-