काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू कृषिमन्त्री भएमा धेरै काम गर्न सक्ने बताएका छन् ।
नेता कोइरालाले सोमवार नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैंडाकोटस्थित नारायणी नदी किनारमा सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९’ को उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
‘हुन त मलाई कृषिमन्त्री बन्न मन छैन। तर, मैले कृषि मन्त्रालय लिएँ भने कृषिमा अचम्मको कुरा गर्नसक्छु भन्ने त्यो विश्वास मसँग छ’, नेता कोइरालाले भने। कृषि क्षेत्रको विकास नभएसम्म नेपालको विकास हुनै नसक्ने कुरा नेता कोइरालाले दोहोर्याए।
प्रतिक्रिया लेख्नुहोस्:-