काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपतिका उम्मेदवारहरू मत माग्न विभिन्न दलका नेतालाई भेट्नेक्रममा सोमबार नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले सभापति देउवा र उनकी पत्नी आरजु राणालाई भेटेका हुन् ।
स्रोतका अनुसार उक्त भेटवार्तामा नेम्वाङले आफू उम्मेदवार रहेको बताउँदै मत मागेका थिए । जवाफमा देउवाले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेको स्मरण गराएका थिए । उनीहरूबीच राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-