काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश केन्द्रित दलका नेताहरूसँग सामूहिक छलफल गरेका छन् । उनले आज आफ्नै निवास बुढानिलकण्ठमा उनीहरुसँग छलफल गरेका हुन् ।
देउवा निवास बूढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा। सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलगायत नेताहरू छलफलमा छन् ।
बैठकमा कांग्रेसका नेताहरू डा। शेखर कोइराला र गगन थापा, रमेश लेखक पनि सहभागी थिए । काग्रेसलाई छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग स मिलेर नयाँ सत्ता समीकरण बनाएपछि कांग्रेसले राजनीतिक दलहरुसँगको छलफललाई तीब्रता दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-