काठमाडौं । । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनमा रहेका दलहरू स्थानीय तहको निर्वाचन तोकिएको समयसभित्रै नगर्नै लागि प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’को कुरा उठाएको बताएका छन् ।
उनले नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने, “स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार छ ।”
सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै एमाले नेता ज्ञवालीले सरकारमा रहेका दलहरूले एमसीसीलाई अनावश्यक रुपमा गिजोल्ले काम गरेको आरोप लगाए ।
प्रतिक्रिया लेख्नुहोस्:-