काठमाडौं । आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले राष्ट्रपति निर्वाचनमा कुनै उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ।
राप्रपाका नेता ज्ञानेन्द्र शाहीले आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बताए ।
आफूहरूको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरिएको उनले बताए। भोलि राष्ट्रपतिका लागि मतदान हुँदैछ।
प्रतिक्रिया लेख्नुहोस्:-