काठमाडौं । पछिल्ला केही हप्तादेखि ह्वात्तै घटिरहेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ९२ नमूना परीक्षण गर्दा २२४ नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा कुनै संक्रमितको पनि मृत्यु भएको छैन ।
हालसम्मको मृत्यु संख्या ११ हजार ९४९ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-