काठमाडौं । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य बृद्धि हुन थालेपछि देशको अर्थतन्त्र नै जटिलतातर्फ अघि बढेकोले यसको खपत घटाउने सबै उपाय लगाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
समितिका सभापति बिमल श्रीवास्तवका अनुसार सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नेदेखि इन्धन बिक्रीमा कोटा तोक्ने र भारतीय सवारी साधनलाई नेपालमा इन्धन भर्न रोक लगाउनेसम्मको उपाय अबलम्बन गर्न निर्देशन दिइएको छ । बढ्दो मूल्यकै कारण पेट्रोलियममा दैनिक सवा अर्ब रुपैयाँ बाहिरिन थालेपछि खपत घटाएर अर्थतन्त्र जोगाउन यस्ता निर्देशन दिइएको समिति सभापति श्रीवास्तवले बताए ।
उनले भने, ‘कोरोना कालमा जनता बचाउन जोर–बिजोर लगाएका थियौं, अब अर्थतन्त्र बचाउन जोर–बिजोर लगाउनु पर्छ, महंगीको बेला दैनिक डेढ अर्ब रुपैयाँ इन्धनमा किन बगाउने ?,’ उनले भने, ‘आयल निगमले पम्पहरुलाई दिने तेल नै कटौती गर्नुपर्छ, पेट्रोलको कर पनि घटाउन पनि निर्देशन दिएका छौं ।’
प्रतिक्रिया लेख्नुहोस्:-