काठमाडौं । नेकपा (एमाले) ले नेपाली मतपत्रबारे प्रश्न उठाएपछि निर्वाचन आयोगले यसबारेमा स्पष्टीकरण दिएको छ।
आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र रोज्नुको कारणबारे व्याख्या गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७४ को निर्वाचनमा निलो रङको मतपत्र र निलै रंगको स्वस्तिक छाप हुँदा मत गन्न असजिलो भएको अनुभवका आधारमा यो पटक रंग फेरिएको बताए।
आयोगले हरियो रंगको मतपत्र राख्दा मत गन्न सजिलो हुने तर्क गरेको छ। त्यसबाहेक अरु कुनै उद्धेश्य नरहेको पनि आयोगले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-