काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश पदमा कार्यरत तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ ।
आज (बिहीबार) बसेको न्यायपरिषद् सचिवालयको बैठकले श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ । बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
न्यायपरिषद्ले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेका श्रेष्ठलाई संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-