काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि कसैले पनि खेलवाड गर्न नहुने बताएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रकृतिलाई सम्झेर सुशासनको कुरामा सबैको ध्यान आकर्षित गर्न चाहन्छु । नेपालमा संविधानको दायित्व र जनताले पाएको अधिकारको रक्षा र यसमा कसैले खेलवाड गर्न दिनुहुँदैन।’ राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-