काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दश महिनाको आयातलाई धान्नसक्ने अवस्था रहेको बाएका छन् ।
गभर्नर अधिकारीले शुक्रबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाइ गरिरहेको उनले स्पष्ट पारे । उनले अहिले लङ टर्म इन्भेस्टमेन्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताए । आवाजविहीनहरुको र साना लगानीकर्ताहरुको लागि, दुई करोडभन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशतभन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि अधिकारीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-