काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रले धोका दिएको आरोप लगाएका छन् ।
पूर्व उपप्रधानमन्त्री खड्काले आज नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाएका हुन् ।
उनले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका वाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए। निर्वाचनका वेला संविधानले जनतालाई दिएको अधिकार कार्यान्वयन गर्ने, आवश्यक कानुन बनाएर संघीयता कार्यान्वयन गर्ने, पाँच वर्षमा जनतालाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउने वाचा गरेर जनतासँग मत मागिएको उनले स्मरण गराए।
प्रतिक्रिया लेख्नुहोस्:-