काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित सरकारमा सहभागी सबै मन्त्रीले अंग दान गर्ने निर्णय गरेको छ । छन् । मिर्गौला दिवसको अवसरमा सरकारका सबै मन्त्रीले अंग दान गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले जानकारी दिए ।
सोही मन्त्रिपरिषद् बैठकले सरकारले ज्येष्ठ नागरिक अस्पताल बनाउनका लागि सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको छ । बैठकले ५० वर्ष माथिका नागरिकलाई वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने पनि निर्णय भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-