काठमाडौं । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु) ले तीन अर्ब ७२ करोड बराबरको कर छली गरेको आरोपमा मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँबराबरको बिगो र बिगोको शतप्रतिशत जरिवानाको मागदाबीसहितको आरोपपत्र लगाएर मुद्दा दायर गरेको हो।
आरोपपत्रमा बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडको सञ्चालक समितिमा उक्त कम्पनीको सेयरहोल्डर संयुक्त अरब इमिरेट्सको दुबईस्थित कम्पनी कोकाकोला साउथवेष्ट होल्डिङ लिमिटेड साबिकको कोकाकोला साब्को एसियाको तर्फबाट प्रतिनिधित्व गर्ने बोर्डका सदस्यहरू र कम्पनीको प्रबन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका पदाधिकारीहरूलाई प्रतिवादी बनाइएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-