काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठनबन्धन महिला विरोधी रहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले शनिबार पार्टी कार्यालय ललितपुरमा अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो बिस्तारित बैठकलाई सम्बोधन गर्दै कानुन छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडि पार्ने काम सत्तारुढ गठनबन्धनले गरेको र महिला विरोधी देखिएको बताए ।
राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्गको प्रतिनिधित्व गराउने विषयमा पनि सत्ता गठबन्धनले जालझेल गर्न खोजेको ओलीको धारणा छ । उनले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिएकाले यसैअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-