काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।
गृहमन्त्रीको सचिवालयका अनुसार भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । तर उनको नेपाल भ्रमणबारे औपचारिक घोषणा भएको छैन । यसका लागि परराष्ट्र मन्त्रालयले ब्यापक तयारी गरिरहेको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-