काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता पोष्टबहादुर बोगटीको निधनपछि पार्टीमा सबैभन्दा बढी दुःख आफूले पाएको बताएका छन् । आज नुवाकोट जिल्लाको विदुरमा दिवंंगत नेता पोष्टबहादुर बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
पार्टीमा देखिने अन्तर्संघर्षका बेला नेताहरुले सीमा नाघेर एक–अर्कोको आलोचना गर्दा नाघ्दा बोगटीले नै टेबल ठाएर मिलाउने गरेको पनि प्रचण्डले स्मरण गरे।
‘बेलाबेला नेताहरुबीच अन्तर्विरोध हुँदा हामी सीमा नाघेर एकअर्कालाई चर्को आलोचना गर्थ्यौं। तर, जब पोष्टबहादुर बोगटी टेबल ठट्याएर आफ्नो कुरा राख्नुहुन्थ्यो, हामी सिनियर भनिएका नेताहरुकै सातो जान्थ्यो,’ प्रचण्डले भने।
बोगटी जहाँ समस्या आउँछ, त्यसको समाधान गर्ने व्यक्ति जस्तै बनेको भन्दै स्मरण गर्दै उनले भने, ‘डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण म लगायत हामीहरु सिनियर थियौं । तर उहाँले टेबल ठटाएपछि हामी वरिष्ठ भन्ने नेताहरुको करिव करिव सातो जान्थ्यो ।’
प्रतिक्रिया लेख्नुहोस्:-