काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनले राष्ट्रपतिको कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहका बीच उनले कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ ग्रहण गरेका हुन्।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधान न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्थाअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।
पौडेल आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-