काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतमा परेको मुद्दामा शान्ति सम्झौताको पक्षमा नै आदेश आएको बताएका छन् । उनले सोमबार माओवादी केन्द्र निकट शिक्षक संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री अब शान्ति प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पुर्याउन सहज हुने पनि बताएका छन् ।
संक्रमणकालीन न्यायको सिद्धान्तलाई निष्कर्षमा पुर्याउनका लागि सरकारले कदम चालेको र सर्वोच्चले पनि त्यसमा साथ दिने आदेश दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
द्वन्द्वकालीन घटनालाई लिएर केही पहिले सर्वोच्च अदालतमा दाहालविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले दाहालसँग कारण देखाउ आदेश माग गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-