काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले विश्वव्यापीकरणसँगै राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक बनेको बताएका छन् ।
उनले सोमबार शिवपुरीस्थित सैनिक कमान्ड एन्ड कलेजमा सुरु भएको आठौँ समूहको उक्त १५ दिने तालिमलाई स्म्बोधन गर्दै यस्तो बताएका हुन् ।
उक्त तालिममा राष्ट्रिय शक्तिका तत्व, राष्ट्रिय शक्तिका रुपमा कूटनीति स् अवसर र चुनौती, नागरिक–सैनिक सम्बन्ध, रणनीति निर्माण प्रक्रिया, राष्ट्रिय सुरक्षा, सुरक्षा नीतितर्जुमाका विषयमा विद्वानको अनुभव प्रस्तुति हुनेछ । प्रशिक्षार्थीलाई राष्ट्र, राज्य प्रणाली, शक्ति बाँडफाँटका संयन्त्र, यसका चुनौती र अबको बाटो, सैन्य कूटनीति, नेपालको भू–रणनीति र भू–राजनीतिका विषयमा सुरक्षा र कूटनीति क्षेत्रमा दख्खल राख्ने विज्ञले प्रशिक्षण दिनेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-