काठमाडौं । जनता सामाजवादी पार्टी (जसपा) भित्र आन्तरिक कलह बढ्दै जान थालेपछि तीन सदस्य रहने गरी पार्टी हेडक्वार्टर बनाएको छ।
जसपाको केन्द्रीय समिति बैठकले कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा आवश्यक निर्णय लिनका लागि संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको हेडक्वार्टर गठन गरेको हो।
पार्टीमा अध्यक्ष यादवले एकल निर्णय गरेको भन्दै विवाद भइरहेका वेला केन्द्रीय समितिले यस्तो निर्णय गरेको हो। यस्तै स्थानीय तह निर्वाचनमा वरिष्ठ नेता राईको हस्ताक्षरको प्रयोग गर्ने निर्णयसमेत जसपाले गरेको एक नेताले बताए। पछिल्लो समय अरु दलमा जस्तै जसपामा पनि पार्टीका नेताहरुबीच एकमत देखिएको छैन ।
संसदबाट अनुमोदन भएको एमसीसी विषय र अन्य समसामयिक विषयमा पनि नेताहरुका फरक–फरक धारणा आउने थालेपछि बैठकले यस्तो निर्णय लिएको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-