काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्ति भएका छन् भने परराष्ट्र मामिला सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसेले स्थान पाएका छन् ।
शीतल निवासका अनुसार राष्ट्रपतिको निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरिएको छ।
चालिसेले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका परराष्ट्र सल्लाहकारका रुपमा काम गरिसकेका छन्। त्यससँगै उनीसँग अमेरिका र बेलायतमा नेपाली राजदूतका रुपमा काम गरेको पनि अनुभव छ।
प्रतिक्रिया लेख्नुहोस्:-