काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनका लागि मस्यौदा समिति गठन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा २९ फागुनमा बसेको बैठकले राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बरालको संयोजकत्वमा ५ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन हो ।
उस समितिका सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख र्इश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र बित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी रहेका छन् ।
५ सदस्यीय समितिलाई दुईवटा कार्यक्षेत्र तोकिएको छ । पहिलो कार्यक्षेत्रमा संसदको दुवै सदनमा पेश गरिने बिनियोजन बिद्येयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने तथा दोस्रोमा आर्थिक बर्ष २०७९ ८० को बजेट बक्तव्यको मस्यौदा तयार गरी पेश गर्ने रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-