काठमाडौं ।राष्ट्रपतिको निर्वाचन तटस्थ बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने भएको छ ।
प्रवक्ता मोहन श्रेष्ठले बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको जानकारी दिए ।
यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन् । राप्रपाले रासायनिक मलमा दिएको अनुदान कटौती गर्ने सरकारको निर्णयलाई अदूरदर्शी, अमानवीय र अनुचित भनेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-