काठमाडौ । होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा १ हजार ३ सयभन्दा धेरै ट्राफिक प्रहरी खटाएको जानकारी दिएको छ ।
होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी अन्य समयभन्दा धेरै जनशक्ति परिचालन गर्ने भएको हो ।
होलीको पूर्वसन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सबै ट्राफिक इकाइ तथा ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिएका छन् ।
होलीमा जथाभावी गर्नेलाई कडा कारबाही गरिनेसमेत प्रहरीले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-