काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी अनुसार परिणाम त्यस अनुसार आउन नसकेको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले शनिवार राजधानीको बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कुलको १९ औँ अभिभावक दिवस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा पौडेलले शैक्षिक क्षेत्रमा काम गरेकाहरूको अनुभवलाई समेटेर प्रभावकारी नीति निर्माण हुनुपर्नेमा जोड दिए । अहिलेको शिक्षा विधेयकले समेत धेरै कुरालाई समेट्न नसकिरहेको उल्लेख गर्दै उनले त्यसमा पनि छलफल अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
प्रतिक्रिया लेख्नुहोस्:-