काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीलाई नहुन आग्रह गरेका छन् । उनले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले देशमा लगानीको वातावरण बनिरहेको बताउँदै व्यापार, व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार सहकार्य गर्न तयार रहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो सत्तासहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको छु । नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनु पर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।”
प्रतिक्रिया लेख्नुहोस्:-