काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको शक्ति देखिने
दावी गरेका छन् ।
अध्यक्ष नेपालले फागु पूर्णिमाको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामथ्र्र्य देखिने बताएका हुन् । चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उनले आफूहरुलाई खिस्सीट्युरी गर्नेहरुको हरिबिजोग हुने बताए ।
अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई पार्टीको संगठन निर्माण, परिचालन र प्रचार प्रसारको काममा केन्द्रित हुन पनि निर्देशन दिए । उनले भने, ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल छ । जसको चुनाव चिन्ह कलम हो । वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिन सक्नुपर्दछ ।’
प्रतिक्रिया लेख्नुहोस्:-